+
Search

ताजा अपडेट +

पपुलर +

प्रिमियर लिगमा आर्सनलको लगातार जित, टोटनह्यामको लगातार हार

4KNationalDaily
२०७८ आश्विन ११, सोमबार ०८:१७ बजे

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि ३-१ गोलअन्तरको जित हासिल गरेको छ । प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो भने टोटनह्यामको लगातार तेस्रो हार हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले खेलको १२ औं मिनेटमा नै अग्रता बनाएको थियो । ग्रानित साकाको पासमा स्मिथ रोवीले गोल गरेका थिए ।

२७ औं मिनेटमा स्मिथ रोविको पासमा पिएरे एमरिक उबामेयाङले गोल गरे । ३४ औं मिनेटमा साका आफैले गोल गरेपछि आर्सनल पहिलो हाफमा ३-० ले अगाडि रह्यो ।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको टोटनह्यामले ७९औं मिनेटमा एक गोल फर्कायो । उसका लागि सन ह्युङ मिनले गोल गरे । त्यो अगाडी ६१ औं मिनेटमा हेरी केनको उत्कृष्ट प्रहारलाई आर्सनलका गोलकिपरले बचाउ गरेका थिए ।

यो जितपछि आर्सनलले पाँच खेलमा नौ अंक बनाएको छ । टोटनहमको पनि ६ खेलमा नौं अंक नै छ । प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलमा १४ अंक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily