+
Search

ताजा अपडेट +

पपुलर +

कम्युनिस्टप्रति आक्रामक बन्ने बाबुराम, भने- कम्युनिस्ट त्यागौं, समाजवादमा जाऔं

4KNationalDaily
२०७८ आश्विन ११, सोमबार १२:३९ बजे

काठमाडौं- कुनै बेलाका कट्टर कम्युनिस्ट रहेका डा. बाबुराम भट्टराई यतिबेला पूर्णरुपमा फेरिएका छन् । त्यतिबेला माओवादीका प्रभावशाली नेता भएर सशस्त्र जनयुद्धमा होमिएका नेता भट्टराईले यतिबेला कम्युनिस्ट त्यागौं भन्दै आह्वान गरेका हुन् ।

माओवादीमा रहेर अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका उनले तत्कालीन माओवादी पार्टी त्यागे । कम्युनिस्ट सिद्धान्त छाडेको घोषणा गरे ।

पछिल्लो समय पनि भट्टराई कम्युनिस्टप्रति आक्रामक बन्ने गरेका छन् । उनले ट्वीट गर्दै कम्युनिस्ट मोडलको धंगधंगी बोकेर असली कम्युनिस्ट देखिने प्रतिष्पर्धामा लाग्नुलाई बिडम्बनापूर्ण भन्दै समाजवादको नयाँ मोडल विकास गर्न आग्रह गरेका छन् ।

नेता भट्टराईले लेखेका छन् ‘विभाजित नेकपा डबलका कणहरू पुरानै भ्रष्टीकृत एकलरेखीयरएकमनावादी ‘कम्युनिष्ट’मोडेलको धंगधंगी बोकेर ‘असली कम्युनिष्ट’देखिने प्रतिष्पर्धामा लाग्नु विडम्बनापूर्ण छ ! आइन्सटाइनको भनाइ सम्झौं-‘पुरानै कुरा दोहोर्याएर नयॅा परिणामको आशा गर्नु पागलपन हो !’बरू समाजवादको नयॅा मोडेल विकास गरौं न !’

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily