+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो बनाउने कस्तो क्रान्तिकारी तरिका हो?

4KNationalDaily
२०७८ आश्विन ११, सोमबार १२:४३ बजे

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले पाँच दलीय गठबन्धन सरकारले ठूला विकास योजनामा गरिने लगानीको स्रोत नखोजिने गरी ल्याइएको बजेट विधेयकको चर्को आलोचना गरेको छ।

आइतवार सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि उक्त प्रावधानलाई लिएर आपत्ति प्रकट गरेका बेला सोमबार बसेको राष्ट्रिय सभा बैठकमा पनि एमालेले यो मुद्दा उठाएको हो।

लगातार राष्ट्रियसभामा अवरोध गरिरहेको एमालेले जलविद्युतसहित ठूला विकास आयोजनामा लगानी गरिने सम्पत्तिको स्रोत वि.सं. २०८२ सालसम्म नखोजिने गरी विनियोजना विधेयकमा राखिएको प्रावधान तत्काल फिर्ता लिन भनेको छ।

राष्ट्रियसभाको सोमबारको बैठकको शुरूमै उठेर एमाले सांसद परशुराम मेघी गुरुङले सदनको कारवाही अघि नबढाउन अध्यक्षलाई आग्रह गर्दै एमालेको विरोधको अर्को कारण कालो धनलाई सेतो बनाउन मार्ग प्रशस्त गर्ने सरकारको प्रयासप्रति पनि रहेको बताए ।

गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्दै भने- अर्थमन्त्रीजी बडो क्रानितकारी नेता हुनुहुन्छ । उहाँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउनलाई हो ? कुन श्रमजिवी जनतालाई सहुलियत दिन उहाँले यस्तो प्रवधान राख्नुभएको हो ? श्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिने व्यवस्थातले कुन राष्ट्रिय पुँजिपतिलाई सहुलियत हुन्छ ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily