गाेरखा– कतारी राजकुमारी आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेकी हुन् ।
गोरखामा रहेको उक्त हिमाल आरोहणका लागि राजकुमारी शेखा इलाइट हिमालय एड्भेञ्चर कम्पनीबाट गएकी थिइन् । । शेखासँगै विभिन्न मुलुकका ५ नागरिकले मनास्लुको सफल आरोहण गरेको बताइएको छ ।
कीर्तिमानी आरोहीहरु मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले राजकुमारीलाई गाइड गरेका थिए । गत वसन्तऋतुमा राजकुमारी अल थानी सातै महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्यसहित सगरमाथा आरोहणका गर्न आएकी थिइन् ।
यसअघि उनले ६,९६९ मिटरको अग्लो दक्षिण अमेरिकाको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरेकी छिन् ।
प्रतिक्रिया