काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले तत्कालीन नेकपाको राजनीतिक र सांस्कृतिक भ्रष्टीकरण भएको बताएका छन्।
सोमबार भक्तरपुरको सल्लाघारीमा सम्पन्न अखिल (क्रान्तिकारी)को बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले सो भनाइ राखेका हुन्।
श्रेष्ठले विद्यार्थी संगठनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्ने बताएका छन् । उनले भने- ‘लिपुलेक, लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनहरुको कर्तव्य र दायित्व हो।’
कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्य, नारायण दाहाल र दिलिप प्रजापति, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, रत्न ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, महासचिव उत्तम अधिकारीलगायतका नेताले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया