काठमाडाैं- डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। यही असोज ११ गतेदेखि लागू भइसकेको यो योजनाअन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरुले स्पेन घुम्न जान पाउने कम्पनीले जनाएको छ।
साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन्। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ।
यो योजना प्रभु टिभी, सिम टिभी र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ । ला लिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने ला लिगा हेर्न सक्नेछन्।
यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ। हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भइरहेको छ।
डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ।
प्रतिक्रिया