+
Search

ताजा अपडेट +

पपुलर +

मनास्लु आरोहणका क्रममा एक क्यानडियनको मृत्यू

4KNationalDaily
२०७८ आश्विन १४, बिहीबार ०७:२७ बजे

गाेरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक बिदेशी नागरिकको मंगलवार मृत्यू भएको छ ।

मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका नागरिक ब्रेन्ट सेल बेहोस भएको र उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृतकको शव बोकेर मनास्लु बेस क्याप सम्म ल्याइएको र हेलिकप्टरबाट आर्खेत ल्याई पोष्टमार्टमका लागि काठमाण्डौँ लगिएकाे छ । उनी  होराईजन नामको कम्पनीबाट स्विकृत लिएर हिमाल आरोहणका लागि मनास्लु पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily