+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद विस्तार हुँदै, कुन दलबाट को-को बन्दैछन् मन्त्री ? [नामसहित]

4KNationalDaily
२०७८ आश्विन १४, बिहीबार १७:३५ बजे

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् ।

मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुनकुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन ।

कांग्रेसबाट कोको ?

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । यस्तै, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । यस्तै, पुष्पा भुषाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा ल्याउँदै छन् । कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

माओवादी केन्द्रबाट यी हुन् सम्भावित नाम

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एक जना मन्त्री बन्नेछन् ।

एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

एकीकृत समाजवादीबाट कोको ?

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट पनि पाँच मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ ।

जसपाबाट यी नाम चर्चामा

जसपाले मन्त्री छनोटको जिम्मा बाबुराम भट्टराई, यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ । महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily