+
Search

ताजा अपडेट +

पपुलर +

अहिलेको एमाले नेकपाकै विरासत हो : केपी ओली

4KNationalDaily
२०७८ आश्विन १५, शुक्रबार १४:४६ बजे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताएका छन् ।

गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताएका हुन् ।

‘नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भने ।

एमाले र माओवादी बीचको २०७३ जेठ ३ गतेको एकीकरण पछि बनेको नेकपा सीमित व्यक्तिका कारण एकता पूर्णता पाएन र अदालतको फागुन २३ गतेको दुवै पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउनाले अहिले एमालेमा नै क्रियाशील हुनुपरेको उनले बताए ।

यस्तो अवस्थाले एमाले क्रियाशील रहेको भएपनि नेकपाको विरासत आफ्नो पार्टीसँग भएको ओलीको भनाइ थियो ।

भिडियाे

https://www.facebook.com/gorkhasandeshnp/videos/225393429616058

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily