+
Search

ताजा अपडेट +

पपुलर +

रुघाखोकीले ओलीलाई समस्या, राजनीतिक प्रतिवेदन पेस गर्ने जिम्मा पोखरेललाई

4KNationalDaily
२०७८ आश्विन १५, शुक्रबार १५:१४ बजे

काठमाडाैं- नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए ।

प्रतिवेदन पढ्दापढ्दै ओलीलाई गाह्रो भएको देखिएको थियो। त्यसपछि उनी रोकिए र शंकर पोखरेललाई प्रतिवेदन पढ्ने जिम्मा दिए। आफूलाई रुघा खोकीले पढ्न गाह्रो भएको ओलीको भनाइ छ। ‘कमरेडहरु, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु। मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ’, ओलीको भनाइ थियो।

राजनीतिक प्रतिवेदनमा ओलीले कम्युनिस्ट आन्दोलनमा एमाले धारले खेलेको भूमिकाको चर्चा गरेका छन्। साथै, पछिल्ला घटनाक्रमको एमाले-दृष्टि पनि प्रस्तुत गरेका छन्।

LIVE

https://www.facebook.com/gorkhasandeshnp/videos/225393429616058

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily