+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी विद्यार्थी युनियन गोरखाको अध्यक्षमा सुजन गर्तौला

4KNationalDaily
२०७८ आश्विन १७, आईतवार ०७:५९ बजे

गाेरखा- जनता समाजवादी पार्टी (जसपा) निकटकाे भातृ संगठन समाजवादी विद्यार्थी युनियन गोरखाको पहिलो जिल्ला भेला शनिवार गोरखा सदरमुकाममा भएको छ । भेलाले सुजन गर्तौलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष कुमार ढकाल, भरत घले, वर्षा श्रेष्ठ, सचिव लक्ष्मण गिरी, सह सचिव दिपक कुमाल, सन्तोष भट्ट, बिसाल घले, कोषाध्यक्ष मनिसा घिमिरे रहेका छन् । समिति ५१ सदस्यिय रहेको अध्यक्ष गर्तौलाले बताए ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष रुपनारायण श्रेष्ठको प्रमुख आथ्यित्यतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका सहइन्चार्ज रमेश पोखरेल, जसपा गोरखाका जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, अध्यक्ष यानप्रसाद भट्ट, गण्डकी प्रदेश सदस्य ज्योती कोईराला, विद्यार्थी युनियनका सचिवालय सदस्य बिष्णु न्यौपाने, केन्द्रिय सदस्य बिसाल तिमल्सिना, विद्यार्थी युनियनका गण्डकी प्रदेश संयोजक रेशम सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

नवगठीत कमिटिले गोरखाको सबै पालिका स्तरमा विद्यार्थी संगठन बिस्तारको लागि जिम्मेवारी तोकेको छ । संगठन सृदृढिकरण अभियान गोरखाकोअन्र्तगत सबै पालिकामा मंसिर मसान्तसम्म विद्यार्थी युनियन गठन गरिसक्ने लक्ष्य रहेकाे अध्यक्ष गर्ताैलाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily