काठमाडाैं- स्थापित योजना तथा बहुउद्देश्यीय सहकारी लि.को १२औं बार्षिक साधारण सम्पन्न भएको छ । काठमाडौको सम्राट पार्टी प्योलस, भएको सभाले प्रदिप भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको ।
जसकाे उपाध्यक्षमा अगन्धर कंडेल, दुर्गा बहादुर ढकाल सचिव, उत्तम भट्ट सह-सचिव,टिका कार्की कोषाध्यक्ष लगायतको कार्यसमिति चयन भएको सहकारीले जनाएको छ ।
सहकार्यबाट आर्थिक समृद्धिको परिकल्पना सहित पूँजीको एकिकरण र परिचालन गरी सामाजिक उत्तरदायित्व सहितको योजनावद्ध कारोबार संचालन गरी आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित भएकाे सहकारीले छाेटाे समयमा नै बजारमा राम्राे पकड बनाएकाे छ ।
सहकारीले शेयर सदस्यहरुको हितको रक्षा गर्दै आर्थिक तथा सामाजिक उत्थान तथा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका उत्साहित र जागरुक युवाहरुको सक्षम नेतृत्व तथा अत्याधुनिक सुविधायु कम्प्युटराईज प्रविधीबाट सेवा शुरु गरेको दावी गरिएकाे छ ।
सहकारीको सिद्धान्तहरुलाई आत्मासाथ गर्दै निकट भविष्यमा नै सदस्यहरुको हितमा अन्य थप सेवा सुविधाहरु प्रदान गर्ने लक्ष्य लिएर दावी गरिएकाे छ ।
प्रतिक्रिया