+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस गाेरखा : जिल्ला सभापतिमा न्याैपाने सर्वसम्मत चयन

4KNationalDaily
२०७८ आश्विन १८, सोमबार १७:०० बजे

गोरखा- नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । कांग्रसको १४औँ महाधिवेशन अन्तरगत गोरखा, जिल्ला निर्वाचनका क्रममा न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।

नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदै जिल्ला कार्य समितिको सचिव भएका उनी १४ औँ महाधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका हुन् । उनले जिल्लाका ११ वटै पालिका सभापतिले जिल्ला सभापतिमा समर्थन रहेको विज्ञप्ति समेत प्रकाशन गरेका छन् ।

आरूघाट गाउँपालिका-२, मान्बुका ४३ वर्षीय न्यौपाने प्रखर युवा नेताका रूपमा कांग्रेस भित्र चिनिएका  छन् । उनी युवा नेता गगन थाप निकटका हुन् । अन्य पदमा आकाङ्क्षी उम्मेदवार धेरै देखिएपनि सभापतिमा न्यौपाने बाहेकका उम्मेदवार देखिएनन् । उनको प्रस्तावकमा राजनराज पन्त थिए भने समर्थकमा राजेन्द्र बजगाईँ थिए ।

शनिवार भएको क्षेत्रीय अधिवेशनमा जिल्लामा नै सबैभन्दा धेरै मत प्राप्त गर्दै न्यौपाने महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । कांग्रेसकाे विधान अनुसार जिल्ला सभापति हुन निर्वाचन हुन पर्ने नियम छ ।

कांग्रेस गोरखाको आजदेखि जिल्ला अधिवेशन सुरु भएको थियो । जिल्ला कार्य समितिको लागि उम्मेदवारी दर्ता आज गरिनेछ । उपसभापति पनि कम उम्मेदवार देखिएका छन् भने सचिव, सह सचिव र सदस्यहरुको आकाङ्क्षी धेरै छन् । यी पदमा चुनाव हुने सम्भावना रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन् ।

दुवै क्षेत्रको महासमिति सस्दयहरु सर्वसम्मत

कांग्रेस गोरखाको दुवै क्षेत्रको महासमिति सदस्यहरू सर्वसम्मत चयन भएका छन् । पार्टी कार्यालय गोरखामा बसेको महाधिवेशन प्रतिनिधीहरुले जिल्लाको दुवै निर्वाचन क्षेत्रको महासमिति सदस्यहरू सर्व सम्मत चयन गरेका हुन ।

क्षेत्र नम्बर १ को महासमिति सस्यहरुमा किरणबाबु श्रेष्ठ, पूर्णबहादुर दाहाल, राजेन्द्र बजगाईँ, राजनराज पन्त, ईश्वर पाण्डे, कमला लामिछाने, जानुका पन्त, राजु नेपाली, प्रेमकुमार खत्री, रेशम गुरुङ र फुलमाया गुरुङ चयन भएका छन् ।

त्यस्तै गरी क्षेत्र नम्बर २ को महासमिति सदस्यहरूमा हरी बहादुर घले, मोहनप्रकाश पोखरेल, प्रकाशचन्द्र दवाडी, वेदप्रसाद काप्री, अब्दुल सत्तार, चेतमान श्रेष्ठ, फणीन्द्र धिताल, मनकुमारी गुरुङ, टिलु घले, शोभा अधिकारी र दिनेश सुनार रहेको नेपाली काँग्रेस पार्टी कार्यालय गोरखाले जनाएको छ ।

याे पनि,

कांग्रेस गाेरखा क्षेत्र न २ : महाधिवेशन प्रतिनिधिमा अजिरकाेटकाे बचश्व, पुराना नेता पराजित

कांग्रेस गाेरखा : क्षेत्र न २ मा किन सार्वजनिक हुन्न मत परिणाम, के भइरहेकाे छ !

आदिबासी जनजाति महासंघका अध्यक्ष बराम महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेस गोरखा क्षेत्र न १ : महाधिवेशन प्रतिनिधिमा न्याैपानेले पाए लाेकप्रिय मत, अरू काे-काे भए निर्वाचित !

कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग

नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !

कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी

प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा

कांग्रेस गाेरखा : पालिका अधिवेशनमा पौडेल पक्ष हाबी

कांग्रेस गोरखा : छ स्थानीय तहमा निर्वाचन, पाँचमा सर्वसम्मत

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily