+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपा गोरखा : तिन हप्तामा नै सुदिप ‘आउट’ भगवान ‘इन’

4KNationalDaily
२०७८ आश्विन २०, बुधबार १८:५८ बजे

गाेरखा- गत भदौ २८ गते सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गाेरखाकाे अधिवेशन बुधबार भएकाे छ । निर्वाचन समितिले अवैध भएकाे भन्दै पुन: अधिवेशन गर्न निर्देशन दिएपछि बुधबार भएकाे अधिवेशनले पशुपती शमशेर प्यानलका भगवानदास मल्ल अध्यक्षमा चयन भएका हुन् ।

गत २८ गते कमल थाापा प्यानलका सुदि ढकाल निर्वाचित भएकाे भनिएपछि एक पक्षले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउँदै जिल्ला हुदैं केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए । केन्द्रिय निर्वाचन समितिका अध्यक्ष हरि बहादुर बस्नेतद्वारा जारी गरिएकाे पत्रले निर्वाचन अवैध भएकाे र असाेज २० गते भित्र पुन: अधिवेशन गराउन निर्देशन दिएकाे थियाे ।  ।

अधिवेशनले  मल्लको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव लगायतका पदमा नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

कमल थापा प्यानलका ढकाल र पशुपती शमशेर प्यानलवाट मल्लका बिचमा मुख्य प्रस्तिपर्धी थिए  । तर, जिल्ला अध्यक्षका लागि रामराज कोइराला, अम्बिका रुपाखेती, शंकरराज अधिकारीसमेत आंकाक्षी थिए । निर्वाचनमा ढकाललाई सह-प्रबक्ता माेहन श्रेष्ठको साथ थियाे भने मल्ललाई सह-महामन्त्री प्रेम श्रेष्ठको साथ रहेको थियाे । स्मरणीय के छ भने-श्रेष्ठ थरका यि दुवै ‘सह’हरू बाेलाङ्गका हुन् । उनीहरूकै कारण तिन हप्तामा नै जिल्ला अध्यक्षबाट ‘सुदिप आउट भएका छन् भगवान इन’ ।

जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसकाे महाधिवेशन, माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन तथा जनता समाजवादी (जसपा)को सुजु अभियानका कारण राप्रपाकाे अधिवेशन छायाँमा परेकाे थियाे।

याे पनि,

राप्रपा गोरखाको निर्वाचन अवैध : असाेज २० भित्र पुन: अधिवेशन गराउन निर्देशन

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily