+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री : संघिय सरकारमा फेरि मन्त्री विहिन बन्याे गाेरखा !

4KNationalDaily
२०७८ आश्विन २०, बुधबार १९:३७ बजे

गाेरखा– गाेरखा फेरि पनि मन्त्री विहिन बनेकाे छ । प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र)का एक प्रत्यक्ष निर्वाचित सांसद र एक समानुपातिक सांसद छ्न् भने राष्ट्रिय सभामा नारायणकाजी श्रेष्ठ छन् ।  तर, उनीहरू आफ्नै लडाँईका कारण मन्त्री बन्न नपाएको भन्दै कार्यकर्ताले गुनासाे गरेका छन् ।

गाेरखा क्षेत्र न १ मा माओवादी केन्द्रका सांसद हरिराज अधिकारी छन् भने समानुपातिक तर्फ चुणामणी खड्का छन् । उनीहरू दुवै पार्टी अध्यक्ष प्रचण्ड निकटका मानिन्छन् । आफुलाई मन्त्री बनाउन दवाव दिन भन्दै सांसद अधिकारीले गोरखाका माओवादीका केहि नेतालाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।

क्षेत्र न २ मा जनता समावजादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रतिनिधि सभाका सांसद छन् । २०६५ मा अर्थमन्त्री र २०६८ मा प्रधानमन्त्री भएका बाबुराम प्रधानमन्त्री नै बन्ने कसरतमा रहेकाे खबर समेत बाहिएकाे थियाे ।

गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईसंग श्रेष्ठ पराजित भएका थिए । निर्वाचन हारेर प्रतिनिधिसभामा पुग्न नसकेका श्रेष्ठ २०७६ साल माघमा राष्ट्रियसभामा निर्वाचित भएका थिए । हाल राष्ट्रियसभामा सदस्य रहेका श्रेष्ठ वर्तमान गठबन्धन सरकारमा सहभागी हुन चाहन्थे । श्रेष्ठलाई सरकारमा जान नदिन ‘जनयुद्ध’कालीन नेताहरु एकढिक्का भएर अध्यक्ष प्रचण्डमाथि दबाब बढाउन खुमलटार पुगेका थिए ।

उता श्रेष्ठले भने पार्टीको तर्फबाट आफैं नेतृत्व गरेर सरकारमा जाने प्रयास गरिरहेका थिए । तर, बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेसंगै गाेरखा र हरिराजकाे सपना चक्नाचुर भएकाे छ ।

बैठकमा मन्त्रीहरुको नाम प्रचण्डले प्रस्ताव गरेका थिए भने श्रेष्ठले समर्थन गरेका थिए । प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।

तत्कालिन नेकपा सरकारमा समेत गाेरखाले मन्त्री पाउन सकेकाे थिएन् । भलै, गण्डकी प्रदेश सरकारमा बने तत्कालिन नेकपाका २ जना मन्त्री बनेका थिए  । एमालेबाट रामशरण बस्नेत र माओवादी केन्द्रबाट लेखबहादुर थापा मन्त्री बनेका थिए । तर, प्रदेश सरकार फेबदल भएपछि जसपा तथा क्षेत्र न २ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हरिशरण आचार्य मन्त्री बनेका छन् ।

याे पनि,

प्रचण्ड निवासमा गोरखाका माओवादी : नारायणकाजीलाई राेक्नुपर्याे, हरिराजलाई जसरी पनि मन्त्री बनाउनुपर्याे

नारायणकाजीलाई राेक्न ‘जनयुद्ध’कालीन नेता एकढिक्का : संविधानको सहारा लिदै देउवाले भने- मिल्दैन

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily