काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी सचिव रामकुमारी झाँक्रीलाई सहरी विकासमन्त्री बनाएकाे छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ ।
एकीकृत समाजवादीबाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि आज नै राखिएको बालुवाटार स्रोतले जनाएको छ ।
भवानी खापुङलाई राज्यमन्त्री बनाउने प्रस्ताव पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छन् ।
प्रतिक्रिया