काठमाडाैं- दसैं पछिको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १७ दशमलव ५९ अंकले बढेको छ। म्युचुअल फण्ड बाहेक सबै समूहको सेयर सूचक बढेको हो।
सबै भन्दा धेरैे निर्जीवन बीमा कम्पनीको सेयर १ सय २२ दशमलव ४७ अंकले बढेको छ। त्यस्तै जीवन बीमा कम्पनीको सेयर १ सय १२ दशमलव ६३ प्रतिशत होटलका सेयर १ सय ५ दशमलव १८ प्रतिशतले बढेको छ।
आज ४७ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। यो भन्दा अघि १० दैनिक १० अर्ब हाराहारीमा कारोवार हुँदै आएको छ।
प्रतिक्रिया