+
Search

ताजा अपडेट +

पपुलर +

वर्षाले बेनी-जोमसोम सडक अवरुद्ध, सयौं यात्रुको बिचल्ली

4KNationalDaily
२०७८ कार्तिक २, मंगलवार १०:५१ बजे

पाेखरा- वर्षाको कारण बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा सडक खण्ड वर्षाले क्षतिग्रस्त भएपछि यो सडक भएर गुड्ने यातायात सेवा ठप्प भएको हो।

सडक क्षेतिग्रस्त हुँदा रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सयौँ सवारी रोकिएका छन्। सोमबारदेखि नै यातायात ठप्प हुँदा यात्रुको बिचल्ली भएको छ।

पहिरोले साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दोहोरो गाडी पास हुन नसक्दा यात्रु अलपत्र परेका प्रहरीले जनाएको छ। वर्षाको कारण गाडी चल्न नसक्दा मुस्ताङको मुक्तिनाथ हिँडेका र त्यताबाट फर्किएका धेरै यात्रुको बिचल्ली भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily