+
Search

ताजा अपडेट +

पपुलर +

मुस्लिम समुदायले आज ‘मोहम्मद डे’ मनाउँदै

4KNationalDaily
२०७८ कार्तिक २, मंगलवार ११:०२ बजे

गाेरखा- मुस्लिम समुदायले आज (मंगलबार) इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइरहेका छन्। आज पैगम्बरको १४४३औं जन्मजयन्ती हो।

इस्लामी पात्रोअनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो।

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ।

मोहम्मदको जन्मजयन्तीमा गाेरखासहित देश तथा विदेशका इस्लाम धर्मावलम्बीले बाजागाजा र झण्डासहित प्रदर्शन गर्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily