+
Search

ताजा अपडेट +

पपुलर +

मोडलिङमा अभि लामाको ‘धमाकेदार इन्ट्री’

4KNationalDaily
२०७८ कार्तिक ४, बिहीबार ०८:०५ बजे

गाेरखा- युवा पुस्ता मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ l  त्यस्तै मोडल बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् अभि लामाl

भविष्यमा कुशल र सफल चर्चित मोडल तथा नायक बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गर्ने सोचाइमा छन भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दैछन । मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो । जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।

यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेका हुन नब मोडल लामा । चितवन जन्मथलो र काठमाडौलाई कर्मथलो बनाउदै आएका अभिले देश विदेशको यात्रा समेत गरिसकेको छन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेका मोडल लामाको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु पनि थियो ।

नृत्य र अभिनयमा पोख्त आकर्षक बडि बिल्डर शरीरको पनि धनि मिलेको शरीर अनि चक्लेटि मुहार र सेक्सी एन्ड बोल्ड लुक्स नै उनि प्रतिको आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबैसंग सजिलै घुलमिल हुन सक्ने लामाको बिशेषता हो ।

पेशाले जिमखाना सन्चालक समेत रहेका नायक खेल र एक्सनमा पनि उतिकै सौखिन छिन । अहिले सम्म थुप्रै म्युजिक भिडियोमा काम गरि सकेका नायक लामाको अझै नया अफर आएका छन । तर, उचित समय र राम्रो ब्यानरकोलाई मात्र आफुले काम गर्ने योजनामा रहेका मोडल अभि भन्छन्- कथा अनुसार जस्तो सुकै रोल र अभिनय गर्नलाइ पनि सक्ने साहस र हिम्मत छ पक्कै गर्ने छु भन्ने उनको बिश्वास छ । क्वान्टिटी भन्दा क्वालिटिमा कामलाई फोकस गर्न सकियो भने उपलब्धि मुलक हुने लामा बताउछन ।

छिट्टै नै नायक लामाले नयाँ प्रोजेक्टमा काम गर्ने लगभग निस्चित भएको छ । सम्भवत अर्को महिनाबाट काम हुने पनि जानकारी गराए । आफ्नो कामले समय नपाइरहेकाले धेरै अफरलाई स्विकार गर्न सकिएन  । अब भने केहि कामलाइ निरंतरता दिने उनले बताए । भर्खरै मात्र नायक अभि अभिनित नयाँ भिडियो धुरुरु बजारमा आएको छ भने युवा पुस्ताको रोजाइमा परेको पनि छ । 

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily