+
Search

ताजा अपडेट +

पपुलर +

आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा

4KNationalDaily
२०७८ कार्तिक ४, बिहीबार ०८:११ बजे

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ ।

एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ ।

१० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ । आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ ।

विधान महाधिवेशनको समीक्षा गरिनेछ । एमालेको प्रथम विधान महाधिवशेन १५(१७ असोजमा भएको थियो ।

यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily