काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ । स्थायी कमिटीको विहीबार बसेको बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो ।
जिम्मेवारी बाँडफाँड हुँदा एकजना नेताले दुईवटा विभागको प्रमुख बन्ने अवसर पाएका छन् । पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको जिम्मेवारी पाएका हुन् ।
महराले प्रचार तथा प्रकाश विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी पाएका हुन् । दुवै विभाग महत्वपूर्ण मानिन्छ । माओवादी प्रवक्ता समेत रहेका महरा सभामुखबाट राजीनामा दिएका नेता हुन् ।
महरामाथि बलात्कारको अभियोग लागेको थियो । उनले अदालतबाट सफाई पाइसकेका छन् । तर, उक्त घटनाले उनको राजनीतिक जीवनमा ठूलो धक्का परेको छ । महरालाई कतिपयले प्रचण्डको उत्तराधिकारीको रुपमा समेत लिने गरेका छन् । उनी प्रचण्डका सबैभन्दा विश्वासपात्र नेता मानिन्छन्
असन्तुष्ट नारायणकाजीलाई मागे अनुसारकै विभाग
पार्टीभित्र चाहे अनुसारको जिम्मेवारी नपाउँदा असन्तुष्ट बनेका नारायणकाजी श्रेष्ठले रोजे अनुसारकै जिम्मेवारी पाएका छन् । विदेश मामिला विभागको नेतृत्व सम्हाल्न चाहेका श्रेष्ठलाई प्रवास समिति इन्जार्जको जिम्मेवारी दिइएको थियो ।
तर, विहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उनलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । स्थायी समिति सदस्य गणेश साहका अनुसार अध्यक्ष पुष्पकमल दाहालकै प्रस्तावमा श्रेष्ठलाई विदेश विभाग प्रमुख बनाइएको हो ।
यसअघि पनि विदेश विभाग प्रमुख रहेका उनले गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गर्दा खुलेर विरोध गरेका थिएनन् ।
विभाग प्रमुखहरु यस प्रकार छन् :-
१. अर्थ तथा योजना विभाग- वर्षमान पुन
२. संगठन विभाग- जनार्दन शर्मा
३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा
५. विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी
६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग- मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग- डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग- विना मगर
११. जलस्रोत तथा ऊर्जा- लिलामणी पोखरेल
१२. निर्वाचन विभाग- खिमलाल देवकोटा
१३. कानून विभाग- मुक्ति प्रधान
१४. पर्यटन विभाग- झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग- पर्शुराम तामाङ
१६. पार्टी स्कूल विभाग- गिरिराजमणी पोखरेल
१७. पुस्तकालय तथ अभिलेख- नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग- हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग- गणेशमान पुन
२०. राजकीय मामिला विभाग- रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग- कृष्णबहादुर महरा
२२. वन तथा वातावरण- शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग- गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग- देव गुरुङ
२७. समाज कल्याण विभाग- सत्या पहाडी
२८. सहकारी तथा गरिवी विभाग- धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग- देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग- गोपाल ठाकुर
३२. स्थानीय तह विभाग- उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा
प्रतिक्रिया