+
Search

ताजा अपडेट +

पपुलर +

ताङलीचाेकमा फुटबल प्रतियाेगिता हुदैं, प्रथम पुरस्कार ७५ हजार

4KNationalDaily
२०७८ कार्तिक ६, शनिबार १०:४२ बजे

गाेरखा- महादेव डाँडा यूवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी गाउँपालिका–२, ताङलीचोकमा फुटबल प्रतियोगिता हुन लागेको हो ।

स्थापनाको २० औं बर्षमा प्रवेश गरेको क्लवले लगातार फुटबल प्रतियोगिता गर्दै आएको थियो । तर गत दुई बर्ष कोरोना माहामारीका कारण स्थागित भएको खेल कार्तिक १४ देखि १८ गतेसम्म क्लवको खेल मैदानमा हुने भएको हो ।

क्लवका अनुसार प्रथम हुनेले नगद ७५ हजार, द्वितियलाई ३० हजार, मेडल, ट्रफि र प्रमाणपत्र पाउने छ । खेलमा सहभागि हुनलाई १३ र १४ कार्तिकमा दर्ता गर्नुपर्नेछ । दर्ता शुल्क ५ हजार रहेको छ भने फोनबाट पनि दर्ता गर्न सकिने क्लवले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily