+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोम फाइबरनेटको इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा

4KNationalDaily
२०७८ कार्तिक ६, शनिबार ११:०४ बजे

काठमाडौं- डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ। डिशहोमले ‘काइदाको फइबरनेटमा फाइदाको आईपीटीभी’ योजना ल्याएको हो।

उक्त योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन्।

डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिन एकवर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै नेट जडानका लागि आवश्यक तार, राउटर, सेटअपबक्स र जडान सेवा सबै निशुल्क पाउनेछन् ।

साथै डिशहोम फाइबरनेटले यसअघि नै एकसय एबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily