+
Search

ताजा अपडेट +

पपुलर +

एमाले गाेरखाको वडा अधिवेशन : आरूघाटमा निर्वाचन, चुमनुव्रीमा भएन

4KNationalDaily
२०७८ कार्तिक ८, सोमबार ०९:५८ बजे

गाेरखा- जिल्लाका करिब २० वडामा विवाद हुदाँ कार्तिक ६ गतेबाट सुरू भएकाे नेकपा एमाले गाेरखाकाे वडा कमिटी अधिवेशन जारी छ । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रिय तालिका अनुसार नै कार्तिक ६ गते गाेरखाका निर्वाचन भएपनि ६० वडामा सर्वसम्मत भएका हुन् ।

कार्तिक ६ गते एमाले अध्यक्ष केपी ओलीले देशभरका सबै वडा कमिटि अधिवेशन अनलाइन मार्फत उद्घाटन गरेका थिए । उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकामा बाहेका वडामा अधिवेशन भएकाे हाे । लगातार परेकाे बर्षा तथा ठाँउ ठाँउमा बाटाे अवरूद्व भएपछि अधिवेशन गर्न नसकिएकाे एमालेले जनाएकाे छ ।

उता, आरूघाट गाउँपालिका–१० मा र्निवाचन भएको छ । वडा कमिटिको अध्यक्षमा आंकाक्षी धेरै भएपछि निर्वाचन भएको हो । निर्वाचनबाट नारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । आरूघाटमा १० वडा रहेकाे छ।

जिल्लाकाे अजिरकाेट, बारपाक-सुलिकाेट, भिमसेन र आरूघाटमा भने विवाद भएकाे छ । निर्वाचन गर्न जिल्ला स्तरका नेताकाे टिम बनाएकाे एमालेले त्यस्ता नेता सम्बन्धित पालिकामा नपुगेपछि विवादका भएकाे हाे ।

तर, कार्यलय सचिव कृष्णा कुबँर भने जिल्लाको भैगोलीक अवस्थाका कारण केहि वडामा अधिवेशन गर्न नसकिएको बताउँछन्। उनका अनुसार नवौं अधिवेशनका करिब ४० प्रतिशत र नयाँ अनुहारका ६० प्रतिशतका अनुपातमा वडामा नेतृत्वको आएको दावी गर्छन् ।

नेकपाको निरन्तरता भन्दै केहि माओवादी केन्द्रका कार्यकर्ता समेत एमालेमा रहेका छन् । उनीहरूलाई उचित जिम्मेवारी नदिएको भन्दै विवाद समेत भएको छ । तर, कार्यलय सचिव कुबंर भने सबैलाई सम्मान तथा उचित जिम्मेवारी दिएको बताउछन् ।

‘देश संघियतामा गइसकेपछि भएको अधिवेशनले पक्कै केहि नयाँ कुरा ल्याउछ नै । २०६६ का ४० प्रतिशत र नयाँ अनुहार ६० प्रतिशतका आधारमा वडाको नेतृत्व आउनु भएको छ,’ उनले भने ‘पछिल्लो समय एमालेमा यूवाहरूको आकर्षण बढेको यो अधिवेशनबाट पुष्टी भएको छ ।’

एमालेकाे देशभर नै भाेली (मंगलबार) पालिका अधिवेशन हुदैछ । एमाले प्रचार विभागका अनुसार वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।

त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन । गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

गाेरखामा दुई नगरपालिका र नाैं गाउँपालिका गरी एघार स्थानीय तह रहेको छ । नगरपालिका तर्फ २४ वडा र गाउँपालिका तर्फ ७० वडा रहेकोकाे गाेरखामा दुई संघिय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily