गोरखा- आँबुखैरेनीबाट मनकामना तर्फ जाँदै गरेको एक यात्रु बस ठूलो दुर्घटनाबाट जाेगिएकाे छ । २७ यात्रु लिएर मनकामना जाँदै गरेको यात्रु बस सहिद लखन गाउँपालिका-३, टङ्के भीरमा सडकबाट खस्नबाट जोगिएको हो ।
रामशाहघाट मनकामना सडकखण्डमा मनकामनाका लागि छुटेको बा ३ ख ४९० नम्बरको उक्त बसको पछाडीको टायरले सडक चेप्दा उकासेको जमिन भासिएपछि बस दुर्घटनाको अबस्थामा पुगेको थियो । साधुरो सडकमा बसले छेउ चेप्न पुग्दा बसको पछाडीको टायर सडको छेउमा पसेको थियो ।
घटना लगत्तै उद्धारमा पुगेको संसस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर जेसिवी लगायर फसेको बसलाई उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरेश न्यौपानले जानकारी दिए ।
‘ठूलो बस नजाने ठाँउमा ठूलो बस गइहाल्यो, उनले भने ‘याे बाटो सांघुरो पर्यो त्यसपछि गाडी छेउमा फस्यो ।’ बसमा रहेका सवै यात्रु लगत्तै बसबाट ओर्लिएका थिए ।
प्रतिक्रिया