गाेरखा- मंगलबारबाट देशभर भएकाे एमालेकाे पालिका अधिवेशन गाेरखामा पनि सुरू भयाे । गण्डकी प्रदेशका अन्य जिल्लाकाे तुलनामा एमाले कमजाेर भनेर चिनिएकाे गाेरखामा कतै विवाद त कतै नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका नेताका कारण कसलाई नेतृत्व दिने भन्ने विवाद समेत कायम नै भयाे ।
११ स्थानीय तह रहेकाे गाेरखामा उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिका बाहेकका पालिकामा अधिवेशन सम्पन्न भएकाे एमाले कार्यलय सचिव कृष्ण कुबँरले बताए । उनका अनुसार भाैगाेलिक तथा लगातरका बर्षाले बाटाे अवरूद्व भएकाले चुमनुव्रीमा वडा तथा पालिका अधिवेशन गर्न नसकिएकाे बताउछन् ।
गाेरखा नगरपालिकामा एमालेका नेतृत्वका नेताहरू समाजवादीमा गएका थिए । त्यस कारण पनि कसलाई नेतृत्व दिने भन्नेमा विवाद समेत भएकाे थियाे । तर, कार्यलय सचिव कुबँर भने केहि साथीहरूका कारण समस्या नभएकाे भन्दै पालिका अधिवेशन भएकाे पालिकामा सर्वसम्मत नेतृत्व चयन भएकाे बताउँछन् ।
उनका अनुसार गाेरखा नगरपालिकामा देवीबहादुर बस्नेत, पालुङटार नगरपालिकामा वडा न ७ का वडाअध्यक्ष बसन्तकुमार श्रेष्ठ, सिरानचाेक गाउँपालिकामा बिराज गुरूङ, अजिरकाेट गाउँपालिकामा लीलाबहादुर सुनार चयन भएका छन् । गाेरखा, अजिरकाेट र सिरानचाेकमा एमाले कमजाेर पार्टी हाे ।
बारपाक-सुलिकाेट गाउँपालिकामा कमजाेर रहेकाे एमालेले हरि बस्नेतकाे नेतृत्वमा पालिका कमिटि चयन गरेकाे छ । भिमसेन गाउँपालिकामा सुजन सिंखडाकाे नेतृत्वमा कमिटि गठन भएकाे छ । विद्यार्थी राजनीति गर्दै गरेकाे सिंखडा सम्वत एमाले गाेरखाकाे इतिहासमा सबैभन्दा कान्छा उम्मेरका अध्यक्ष हुन् ।
एमाले गाेरखामा प्राय सबै २०६६ सालकाे नवाैं अधिवेशनबाट चयन भएका कमिटि रहेकाे थियाे । एकीकृत समाजवादीमा धेरै नेताहरू गएपछि पालिका स्तरका कमिटिमा यूवाहरूले अवसर पाएका छन् । तर, कार्यलय सचिव कुबँर भने नवाैं अधिवेशनमा नेताहरू र पछिल्लाे समय विभिन्न जनवर्गिय संगठनमा काम गरेका यूवाहरूकाे नेतृत्वमा पालिका कमिटि चयन गरिएकाे बताउँछन् । उनका अनुसार ६० प्रतिशत यूवा र ४० प्रतिशत नवाैं अधिवेशनका टाेली रहेकाे दावी गर्छन् ।
आरुघाट गाउँपालिकाकाे वडा न १० काे वडा कमिटि निर्माणकाे क्रममा निर्वाचन भएकाले पालिका अधिवेशन पनि निर्वाचन गर्न माग गरेका थिए । पालिका स्तरका तथा जिल्ला तहका केहि नेताले पालिका स्तरमा समेत निर्वाचन गर्नुपर्नेमा जाेड दिएका थिए । अध्यक्षका दावेदार धेरै भएपछि आरुघाटमा पालिका नेतृत्व चयन गर्न नसकेकाे नेताहरू बताउछन् ।
आरुघाट र धार्चे गाउँपालिमा जिल्ला सचिव कृष्ण नेपाली संयोजकत्वकाेले नेतृत्व पाएकाे थियाे । धार्चे गाउँपालिका अध्यक्षमा सुमन गुरुङ, सहिद लखन गाउँपालिका अध्यक्षमा बलबहादुर थापा र गण्डकी गाउँपालिका अध्यक्षमा विष्ण पन्त चयन भएका छन् ।
२ नगरपालिका र ९ गाउँपालिका रहेकोकाे गाेरखामा २ संघिय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन । गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुने एमालेकाे प्रथम विधान महाधिवेशनले तय गरेकाे थियाे ।
प्रतिक्रिया