+
Search

ताजा अपडेट +

पपुलर +

मध्य भोटेकोशीको आईपीओ आज बाँडफाँट हुँदै, धेरैकाे हुदै छ हात खाली !

4KNationalDaily
२०७८ कार्तिक १२, शुक्रबार ०७:४५ बजे

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आज (शुक्रबार) बाँडफाँट हुँदै छ। शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको सेयरमा सर्वसाधारणबाट मागभन्दा ४.१९ गुणा बढी आवेदन गरेको विक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

कुल सेयरमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily