काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेको भविष्य खत्तम भएको बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको भविष्य खत्तम भैसकेको भन्दै त्यहाँ बसेकाहरुलाई जतिसक्दा चाँडो पार्टी छाड्न अनुराेध गरेका छन् । उनले एमाले पार्टी अब अध्यक्ष केपी ओलीसँगै सती जानेपनि बताए ।
उनले भने, ‘एमालेको त भविष्य खत्तम भयाे। एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल । जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ, एमालेमा बस्नेहरुको हरिबिजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले रु केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले न्यायालयमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको स्पष्ट पारे ।
प्रतिक्रिया