+
Search

ताजा अपडेट +

पपुलर +

जनकपुर पुगेर प्रचण्डले भने- ‘अर्ली इलेक्सन संविधानमै छैन, अदालतले पनि दिँदैन, त्यतातिर जाँदै नजाऊँ’

4KNationalDaily
२०७८ कार्तिक १३, शनिबार १५:३७ बजे

काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताएका छन्।

संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको तर्क थियो।

‘अर्ली इलेक्सन हुँदैन। बडो क्लियर हुनुहोला। अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन। दोस्रो कुरा, सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली इलेक्सन हुँदैन। कोही कन्फ्युज हुनु पर्दैन’, शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भने।

उनले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिए। दाहालले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बताए।

यस्तै, सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने पनि उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily