+
Search

ताजा अपडेट +

पपुलर +

यमपञ्चक (तिहार) सुरु, काग तिहार भने भोलि

4KNationalDaily
२०७८ कार्तिक १६, मंगलवार ०८:०४ बजे

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

मंगलबार साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने कात्तिक १७ गते बुधबार परेको समितिले जनाएको छ। तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ। गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। यसै दिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ।

कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिको भनाइ छ

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily