+
Search

ताजा अपडेट +

पपुलर +

दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्य : ऊर्जामन्त्री भुसाल

4KNationalDaily
२०७८ कार्तिक १६, मंगलवार १६:०४ बजे

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएकी छन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखिन्।

उनले स्वदेशी विद्युत् खपत बढाउन, आयातीत इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गरिन्।

सिँचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिँचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आगामी दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गरिन्।

उनले समातामूलक राष्ट्र निर्माणका लागि गरिब जनतासम्म ऊर्जाको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत् सेवा प्रदान गर्ने निर्णय गरेको बताइन्।

‘यस सुविधाबाट २० युनिटभन्दा कम खपत गर्ने २६ लाख घरधुरीका झण्डै एक करोड ३० लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछन्’, उनले भनिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily