चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै भएको फेरि पनि दाबी गरेका छन्। मंगलबार चितवनको ठोरीस्थित अयोध्यापुरीमा भएको कार्यक्रममा बोल्ने क्रममा ओलीले यस्तो दाबी दोहोर्याएका हुन्।
‘आज भन्दा चार हजार वर्ष अगाडि रामको जन्म भएको थियो। रामको जन्म यही अयोध्यापुरीमा भएको थियो’, उनले भने।
अयोध्यापुरीबाट देवघाट र वाल्मिकी आश्रम नजिकै रहेको उनले बताए। नेपालमा राम जन्मेको दाबी गरेका ओलीले राम बलियो भएको सुनाए।
‘हात्ती, गैँडा तर्साइ तर्साइ भगाइ भगाइकन राम हुर्किएका हुन्’, उनले भने, ‘आजभोलि लठ्ठी बजाएर नाच्ने नाच आजको होइन। रामको पालाको हो। जंगली जनावरलाई तर्साउनका लागि लठ्ठी बजाउने गरिन्थ्यो।’
प्रतिक्रिया