+
Search

ताजा अपडेट +

पपुलर +

बामदेब गौतम माओवादी केन्द्रमा प्रवेश गर्दै !

4KNationalDaily
२०७८ कार्तिक १७, बुधबार १९:१४ बजे

काठमाडौं- कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम । आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।

उसो त उनको निकट नेताहरुले उनी सिद्धान्तमा अडिग ब्यक्ति हुन भन्ने गर्छन तर बामदेब गौतम भने पार्टी फेर्नमा छेपारो भन्दा कम भने छैनन । पछिल्लो समय आफ्नै राजनीतिक करिअरको ठेगान नभएका गौतमले नयाँ यात्रा तय गर्ने संकेत देखाएका छन् ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेको सूचना हामीलाई उनी निकट स्रोतबाट प्राप्त भएको छ । पछिल्लो समय उनले माओवादीमा प्रबेश गरेर सबै कम्युनिष्ठ पार्टीलाई एकताको सुत्रमा बाध्ने तयारी गरेका छन ।

नेकपा बिप्लब, माधब नेतृत्वको नेकपा एकिकृत समाजवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ ।

समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ ।  तत्कालका लागी उनी माओवादी केन्द्रमा प्रबेश गर्न लागेको खबर आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily