+
Search

ताजा अपडेट +

पपुलर +

एमाले छाडेर जानेहरूले आगामी चुनावमा जमानत जोगाउन सक्दैनन् : केपी ओली

4KNationalDaily
२०७८ कार्तिक २२, सोमबार १६:३५ बजे

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् ।

सोमबार नेकपा एमाले मोरङले विराटनगरमाआयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’

‘संघ र प्रदेशको सरकार ढालेर यतिबेला खुसी भएका छन् । तर म चुनौती दिन्छु, आगामी निर्वाचनमा उनीहरुले आफ्नो जनमत जोगाउन सक्ने छैनन्’, उनले थपे । ओलीले पार्टीभित्र बिग्रीएकाहरुले एमाले पार्टी छोडेर गएको पनि दावी गरे ।

अर्को प्रशंगमा ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापना फैसला सेटिङमा गरेको आरोप पनि लगाए । उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधानिक र अलोकतान्त्रिक फैसला गरेको दाबीसमेत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily