+
Search

ताजा अपडेट +

पपुलर +

एमालेभित्र चेपुवामा भीम रावल : गरे सुदूरपश्चिम कमिटीको बैठक बहिष्कार

4KNationalDaily
२०७८ कार्तिक २३, मंगलवार ०८:५२ बजे

काठमाडाैं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गरेका छन्।

उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन्।

‘आज हुने भनिएको कथित सू.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले मंगलबार बिहानै भनेका छन्, ‘यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सू.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily