गाेरखा- जनता समावजादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सत्तागठबन्धन चुनावसम्म लम्ब्याउने सहमित नभएको बताएका छन् ।
‘सुज’ अभियानअन्तर्गत भीमसेन थापा गाउँपालिका बगुवा पुगेका भट्टराईले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।
उनले सरकारमा रहेको पाँचदलीय गठबन्धन चुनावसम्म जाने विषयमा छलफल मात्रै भएको बताए ।
‘केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट भएका पाँच दलको गठबन्धन आगामी चुनावसम्म गठबन्धन भएहुन्थ्यो भन्ने धेरैको धारणा छ, तर अहिलेसम्म त्यस्तो कुनै सहमति भएको छैन,’ भट्टराईले भने, ‘चुनावमा गठबन्धन नभए पनि प्रतिगमनविरुद्ध भने गठबन्धन कायमै रहन्छ ।’
उनले न्यायपालिकाको समस्या उनीहरू आफैँले समाधान गर्नुपर्ने, तर समाधान नभए व्यवस्थापिकाले आवश्यक पहल लिन पनि सक्ने बताए ।
उनले भने, ‘न्यायालयमा अहिले देखिएको समस्या आफैँभित्रबाट हल भएन भने व्यवस्थापिकाले आवश्यक पहल गर्न सक्छ । त्यस्तोमा राजनीतिक दलहरू पनि सक्रिय हुनुपर्छ ।’
याे पनि,
मतदाता फकाउन बाबुरामको ‘चुनावी घरदैलो’
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : बाबुराम भट्टराई
घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी कहिले बन्छ, भने- दुई महिनाभित्रै टुंगो लाग्छ
गाेरखामा बाबुरामकाे ‘सुज’ अभियान : धार्चेदेखि बारपाक हुदैं भच्चेकसम्म, के छ कार्यक्रम ?
गाेरखा पुगेर बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन
प्रतिक्रिया