+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डकाे दावी : अब मधेशमा माओवादी केन्द्र एक नम्बर पार्टी हुन्छ

4KNationalDaily
२०७८ मंसिर १, बुधबार २०:१९ बजे

महोत्तरी- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्। महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन्।

‘चुनावमा जनताले नक्कली जलपवालालाई बढार्नेछन्’, प्रचण्डले भने, ‘मधेश र मधेशी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ। मधेशी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्बर एक बनाउनेछन्।’

यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उनको भनाइ छ । आफैंले दुई पटक मधेशी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उनले त्यतिखेर सफल हुन नसकेको विषय अब पहिलो पार्टी बनेर पूरा गर्ने बताए।

अध्यक्ष प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्‌घाटन गरे। महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि र शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily