काठमाडौं- नेकपा एमाले प्रवेश गरेका दुर्गा प्रसाईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सम्मकै ठुलो च्यालेन्ज दिएका छन् ।
नेता बन्ने इच्छा बोकेका प्रसाईले आगामी निर्वाचनमा प्रचण्ड र देउवालाई चुनाव हराउँन केपी ओलीनै नचाहीने दुर्गा प्रसाइ नै काफी गरेको जिकिर गरेका छन् । उनले आफुसँग चुनाव लड्न देउवा र प्रचण्डलाई चुनौती समेत दिएका छन् ।
प्रचण्ड, देउवा र माधव नेपाल सबै मिलेर चुनाव लड्न आए आफु एमालेको उमेदवारको रुपमा चुनाव लड्न तयार रहेको प्रसाईले बताएका छन् । डडेलधुरा ,चितवन या देशभरको जुनसुकै क्षेत्रबाट आए पनि सामना गर्न तयार रहेको पनि उनले बताएका छन् ।
प्रचण्ड, देउवा र माधव नेपाल प्रति निकै कठोर रुपमा प्रस्तुत भएका प्रसाईले गठबन्धननै गरेर आए पनि उनीहरुलाई चुनाव हराउँन नसके आजीवन उनीहरुको ड्राइभर बनेर सेवा गर्न तयार रहेको पनि उनले बताएका छन् ।
नेकपा एमाले विभाजन गर्ने माधव कुमार नेपाललाई प्रसाईले गलगाँडको संज्ञा दिएका छन् । एमाले अध्यक्ष ओलीलाई नाताले हजुरबुवा भन्ने प्रसाइले भनेका छन् ‘मैले केपी ओली हजुरबुवालाई भनिसकेको छु माधव नेपाल जस्ता गलगाँड गएर पार्टी रामो भयो अब पार्टी झन् फ्रेस भएर अघि बढ्छ केहि टेन्सन लिनु पर्दैन’ ।
प्रतिक्रिया