+
Search

ताजा अपडेट +

पपुलर +

द्वन्द्वका कमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध छौंः प्रचण्ड

4KNationalDaily
२०७८ मंसिर ५, आईतवार १६:०० बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शशस्त्र द्वन्द्वका बेला भएका कमीकमजोरीबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन्।

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजसम्मका राजनीतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं।’

यो विषय सरकारको मात्र नभई राज्यको मामला भएको उल्लेख गरेका प्रचण्डले यसबारे आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्।

शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत रहेको पनि प्रचण्डले बताएका छन्।

‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारीत छानविनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै छ,’ उनले भनेका छन्।

हेर्नुहोस् प्रेस विज्ञप्ति

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily