+
Search

ताजा अपडेट +

पपुलर +

आगामी निर्वाचन गाेरखाबाट लड्ने हल्लाकावीच प्रचण्डले भने- चितवनबाटै लड्छु

4KNationalDaily
२०७८ मंसिर ७, मंगलवार १५:५८ बजे

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। केहि समय अघि गाेरखाका केहि नेताहरूसंगकाे भेटमा प्रचण्डले अन्तिम पटक गाेरखा क्षेत्र न १ बाट निर्वाचन लड्ने इच्छा जाहेर गरेकाे हल्लाकावीच प्रचण्डकाे यस्ताे भनाइ आएकाे हाे ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे।

उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे। भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै  प्रचण्डले यसलाई अझ उचाइमा पुर्‍याउनका लागि आफ्नो उम्मेदवारी रहने बताए। भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् । यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उनको भनाइ थियो। किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन्।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन्। यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ।

जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ। ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उनको भनाइ छ। नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily