+
Search

ताजा अपडेट +

पपुलर +

सेयरबजारमा ८० अंकको पहिरो, कारोबार रकम पौने ६ अर्ब बढी

4KNationalDaily
२०७८ मंसिर १२, आईतवार १६:३६ बजे

काठमाडाैं- सेयरबजारमा आज उच्च अंकको पहिरो गएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ८०.२९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १४.१९ अंकले घटेको हो।

आजको कारोबारमा २३४ कम्पनी सामेल भएकामा १ करोड १९ लाख ३ हजारभन्दा बढी कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ७० हजार ८ सय ४२ पटकको खरिदबिक्रीपछि ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

आज १३ वटै उपसूचक राताम्य हुँदा निर्जीवन, होटल, व्यापार, जीवन बीमा समूहको सूचक उच्च अंकले झरेको छ। आईसीएफसीका लगानीकर्ताले ९.७८ प्रतिशत कमाउनेबाहेक अन्य कम्पनीका लगानीकर्ताले नगन्य दरमा आम्दानी गरेका छन्।

गुमाउने लगानीकर्ताले ८.४९ प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ। आज २९ करोडसम्मको अधिकतम कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily