चितवन- नेकपा एमालेकाे जारी १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङको दाबी छ । यसैविच यी नेतावीच ‘नाेकघाेक’ चलेकाे छ ।
अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेता नेम्वाङ सहमतिको तीन विकल्प अघि सारेका थिए । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए ।
नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन ।
स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छ । महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भनेका छन्, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’
प्रतिक्रिया