+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्री शर्माले भने- अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने तयारी हुँदै छ

4KNationalDaily
२०७८ मंसिर १३, सोमबार १९:५६ बजे

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन्। सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाइ मूल्याङ्‍कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडि बढ्ने बताए।

‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ। त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्। कार्यविधि र मूल्याङ्‍कनको काम अगाडि बढाउन वातावरण बनाउनुपर्छ,’ उनले भने।

अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र)को अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताए। उनले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्ति प्रक्रियादेखि आजसम्मको स्थितीमा आएको बताए।

मन्त्री शर्माले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउँदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको औँल्याए।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily