काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाएर छाड्ने दाबी गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताउदै सो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरुको लहर बढेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, देशव्यापी रुपमा निर्वाचनको मैदानमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाउछौँ ।
पार्टीमा बिधि र पद्धति ,क्षमता र योगदानको आधारमा सबै नेता र कार्यकर्ताको उचित मुल्यांकन हुने समेत बताएका छन् ।
प्रतिक्रिया