काठमाडौं- विवाह बन्धनमा बाँधिएको १३ वर्ष पूरा भएको अवसरमा हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अभिनय गरेको गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक भएको छ। गीतमा कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीले आवाज दिएका छन्।
कलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो विवाहको वर्षगाँठमा सार्वजनिक गर्नेगरि यो गीतको केही सकयदेखि प्रचार गरिरहेका थिए। सोही अनुसार आज उक्त गीत सार्वजनिक भएको हो। अर्जुन पोखरेलको शब्द तथा संगीतमा रहेको गीतलाई सजन शाहले मिक्सिङ गरेका छन्।
रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा धुर्मुस–सुन्तली प्रेमिल भावमा प्रस्तुत भएका छन्। मनकृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन् भने राजेन्द्र मोक्तानले यसको सम्पादन गरेका छन्।
भिडियो
प्रतिक्रिया