+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्योः नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७८ मंसिर १८, शनिबार ०९:०६ बजे

महोत्तरी- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले केपी ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् । महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागी ओलीले प्रतिगमन र विसर्जनवादलाई आगालेको आरोप लगाए ।

समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न सकिने र यसको लागी कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ । क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।

माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै भन्दै उनले पद भन्दा पनि विचारमाथि हुनुपर्ने बताए । भने- ‘केपी ओलीले प्रधानमन्त्री बन्नकै लागी एकता गरे अनि सहमतिलाई पनि तोडे ।’

समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागी अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको  उनकाे दावी थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily