+
Search

ताजा अपडेट +

पपुलर +

९६ करोडको साधारण सेयर जारी गर्दै पिपुल्स हाइड्रोपावर, प्रत्याभूतिकर्तामा कोष

4KNationalDaily
२०७८ मंसिर १८, शनिबार १०:२० बजे

काठमाडाैं- पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोडबराबरको प्राथमिक सेयर निष्काशनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ।

उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्धसञ्चालक केशब बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ। हाइड्रोपावरको निष्काशन तथा बिक्री प्रकन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ।

सम्झौतापत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily