+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संशोधनको अजेण्डा संसद् र सरकार दुवैमा उठाउँदै छौं : बाबुराम भट्टराई

4KNationalDaily
२०७८ मंसिर १८, शनिबार १८:१७ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने अजेण्डामा लागिपरेको दाबी गरे। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसद्‍मा कुरा उठाइराखेको र मन्त्रिपरिषद्‍मा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेस गर्न लगाउने आश्वासन दिए।

उनले भने, ‘फेरि पनि संघर्ष नगरिकन यो प्राप्त हुँदैन। अहिले संसद्‍बाट मात्रै सबैथोक होस् भनेर मात्रै हुँदैन। साङ्‍केतिक हुन्छ। किनभने हामी संसद्‍बाट पनि बोलिराखेका छौं। सडकबाट पनि बोलकै छौं। र, सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौं।’

अध्यक्ष भट्टराईले फेरि पनि सङ्‍घर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily