+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी प्रवक्ता महरा भन्छन् : सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागे

4KNationalDaily
२०७८ मंसिर १८, शनिबार १८:१८ बजे

बुटवल- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन तोड्न विदेशी शक्ति लागिपरेको बताएका छन् ।

पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उनले बताए । तर, कुन विदेशी शक्ति भन्ने स्पष्ट खुलाएनन् ।

अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’

एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको आरोप लगाए । माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily